खानेपानी उद्घाटन सुकुटे सिन्धुपाल्चोकमा


केन्द्रिय अध्यक्षज्यू द्धारा खानेपानी उदघाटन हुदै

केन्द्रिय अध्यक्षज्यू द्धारा खानेपानी उदघाटन हुदै

खुशीयालीमा फोटो लिदै

खुशीयालीमा फोटो लिदै

सिन्धुपाल्चोक ,२०७२ वैशाष १२ गतेको बिनाशकारी महाभूकम्पले यस सिन्धुपाल्चोक जिल्लाको साँगाचोक गा. वि. स.वडा नं.१ सुकुटेमा खानेपानी मुहानहरु सुक्न गएको र धारा पाइपहरु समेत क्षत विक्षत भई शुद्ध खानेपानीको लागि जटिल समस्या भोग्नु परेको अवस्थामा, थकाली सेवा समिति अष्ट्रेलियाको आर्थिक सहयोग, स्थानीय उपभोक्ताहरुको श्रमदान र अन्य सहयोगमा सुकुटे खानेपानी आयोजना पुनर्निर्माण सम्पन्न भइ थकाली सेवा समिति नेपाल केन्द्रका अध्यक्ष श्री कृष्ण कुमारी शेरचनज्यूको बाहुली बाट  आज २०७३ असार १२ गते आइतबार विधिवत रूपमा समुद्घाटन गरि उपभोक्ता समितिलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त अवशरमा उपभोक्ता समितिका अध्यक्ष श्री रमेशकुमार खडकाज्यूले मन्तव्यको क्रममा भूकम्प पिडित सुकुटेवासीको अझै निको भई नसकेको  घाउमा यस प्रकारको सहयोगले मलम लगाउने काम भएकोमा खुशी व्यक्त गर्नु भएको थियो । मानव जीवनमा नभई नहुने पानीको लागि पुण्य कार्य गरेको सन्दर्भमा योगदानको हार्दिक कदर गर्दै थकाली सेवा समिति अष्ट्रेलिया र थकाली सेवा समिति केन्द्रलाई समेत प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । यसै गरि इन्द्र रत्न क्रसर उद्योगका संचालक यवम् क्रसर महासंघका अध्यक्ष श्री उमेश शेरचनज्यूलाई पनि यस कार्यमा  महत्वपूर्ण योगदान दिनु भएकोमा आभार व्यक्त गर्नु भएको थियो ।
१) थकाली सेवा समिति अष्ट्रेलिया बाट नगद सहयाेग रू           ५,४८,८१२ =००
२) स्थानीय उपभोक्ता बाट श्रमदान र  नगद सहयाेग  रू           २,२९,५५९=००
खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्री रमेशकुमार खडकाज्यूले खानेपानी आयोजना पुनर्निर्माण जम्मा  ‌‍रु ७,७८,३७१=०० लागतमा सम्पन्न भएको कुरा सुनाउनु भएको थियो ।

 

sukute news

sukute 315

सुकुटे खानेपानी उपभोक्ता समिति द्धारा थकाली सेवा समिति अष्ट्रेलियालाई प्रश‍ंसा पत्र प्रदान ।

for aus 2

उदघाटन पछि स्वच्छ खानेपानी धारा

उदघाटन पछि स्वच्छ खानेपानी धारा

धारामा मजा लिदै केन्द्रका पदाधिकारी

धारामा मजा लिदै केन्द्रका पदाधिकारी

स्थानीय उपभोक्तारु

स्थानीय उपभोक्तारु

खुशीयालीमा फोटो लिदै उमेश शेरचन

खुशीयालीमा फोटो लिदै उमेश शेरचन