२९ औ‍ं साधरण सभा सम्पन्न


काठमांडौ– जेष्ठ १५ गते थकाली सेवा समिति विनायकवस्ति बालाजुमा, समितिको २९ ‌औं वार्षिक साधरण सभा सम्पन्न भयो । उक्त सभाको सभापतित्व समितिको अध्यक्ष श्री श्याम प्रसाद गौचनज्यूले गर्नु भएको थियो, भने सभाको प्रमुख आतित्थ्यता ग्रहण थसेस केन्द्रका अध्यक्ष श्री कृष्ण कुमारी शेरचनज्यूले गर्नु भएको थियो । गरिमामय सभालाई स्वागत मन्तव्य उपाध्यक्ष श्री चन्द्रमान गौचनज्यूले र सभा सन्चालन सचिव श्री रविन्द्र शेरचनज्यूले गर्नु भएको थियो । सभामा सचिव श्री रविन्द्र शेरचन  र कोषाध्यक्ष श्री वकिल शेरचनज्यूले आ–आफ्नो क्रमश वार्षिक प्रगति प्रतिवेदन र समितिको आय व्यय प्रश्तुत गर्नु भएको थियो । शुभकामना मन्तव्यमा प्रा. सोम प्रसाद गौचन, श्री ॐकारप्रसाद गौचन, श्री खगेन्द्र भट्टचन, श्री कृष्ण कुमारी शेरचनज्यूले गर्नु भएको थियो । अन्तमा सभाको सभापति श्री श्याम प्रसाद गौचनज्यू द्वारा सबै उपस्थित सदस्यगणहरुलाई सधन्यवाद  दिदै सभा विसर्जन गर्नु भएको थियो ।

 २९ औं साधरण सभा