मुस्ताङ कोवाङमा फालो पर्व -2075 सम्पन्न


फालो–२०७५ सम्पन्न

मिति २०७५ भाद्र २९ गते देखि असोज २ गते सम्म मुस्ताङ थासाङ गाँउपालीका अन्तरगत कोवाङ थासाङमा थकालीहरूको सांस्कृतिक फालो पर्व, (भाद्रमेला) परम्परागत रीतिथिति संस्कार अनुसार सम्पन्न भयो । भाद्र २९ गते थासाङ कोवाङको कवर्डहलमा मिरमुखिया श्री भीमप्रसाद गौचनज्यूको सभापतित्वमा सम्पन्न फालो उद्घाटन समारोहको प्रमुख अतिथि थासाङ गाँउपालीका अध्यक्ष एवं श्री बुद्धीप्रसाद शेरचनज्यूको बाहुलीद्वारा विधिपूर्वक अंकुमा दीप प्रज्वलन गरी फालो पर्व उद्घाटन गर्नु भएको थियो । सो कार्यक्रममा थकाली सेवा समिति नेपालका अध्यक्ष एवम् केन्द्रीय पदाधिकारी सदस्यज्यूहरूको पनि उपस्थित उद्घाटन समारोहमा निवर्तमान हुनु भएका मिरमुखिया श्री इन्द्रबहादुर तुलाचनज्यूलाई मिरमुखिया जस्तो गरीमामय पदमा रहेर लामो समय थाक सातसयमा अनवरत थकाली संस्कृति संस्कार संरक्षण सम्बद्धर्न गर्नमा प्रशंसनीय योगदान पुर्याउनु भएकोमा थकाली सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्री कृष्णकुमारी शेरचनज्यूद्वारा फेटा र अभिनन्दनपत्रद्वारा सम्मानित गरिएको थियो । यसैगरी नव मनोनित मिरमुखिया श्री भीमप्रसाद गौचनज्यूलाई थाक सातसय मिरमुखिया जस्तो गरिमामय पदमा आसीन हुनु भएकोमा बधाई तथा कार्यकाल सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दै अध्यक्ष कृष्णकुमारी शेरचनज्यूबाट फेटा टुटुमद्वारा श्रीमान श्रीमतीद्वयलाई सम्मान गर्नु भएको थियो ।
पाँच दिन सम्म विविध कार्यक्रम गरी मनाइने फालो पर्वमा ५ जना कुमारहरूले कुमारयात्रा (स्वोपेनलव) कार्यक्रमा भाग लिएका थिए । सदाझै थासाङ ६ गाँउबाट हाँस्यव्यङ्ग कार्यक्रम र अन्य गाँउगाँउबाट साँस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । फालो पर्वको अवसर पारेर थकाली सेवा समिति नेपाल, केन्द्रद्वारा प्रकाशित खाङलो –१२औं अंक सभाका प्रमुख अतिथि एवम् थासाङ गाँउपालीका अध्यक्ष श्री बुद्धिप्रसाद शेरचनज्यू र केन्द्रीय अध्यक्ष श्री कृष्णकुमारी शेरचनद्वयको बाहुलीद्वारा विमोचन गर्नु भएको थियो, यसैगरी तत्कालीन अध्यक्ष श्री नारायण भट्टचनज्यू नेतृत्वको थकाली सेवा समिति अष्ट्रेलीयाको आर्थिक सहयोग, वृत्तचित्र निर्देशक श्री प्रेम गौचनज्यूको आर्थिक सहयोग र थकाली सेवा समिति नेपाल, केन्द्रद्वारा निर्मित ल्हफेव–२०७३को वृत्तचित्र कोवाङको कवर्ड हलमा असोज १ गते साँझ भब्यपूर्वक प्रदर्शन (रिलीज) भएको थियो । अादिमकालमा ल्ह नरीच्होव यस भूमीमा थकालीहरूको रक्षकको रूपमा प्रकट हुनु भई हाम्रा आदिपुर्खाहरू संग भएका वाचाकबुल अनुसार विविध कार्यक्रम सहित मनाइने कुमारयात्रा सौहार्दपूर्ण वातावरणमा सुसम्पन्न भएको थियो । कार्यक्रमका केही झलकहरु…..

 

 

 

R_M_0031R_M_0086R_M_0129R_M_0092R_M_0651R_M_0565