१२औं केन्द्रीय महाधिवेशन बुटवलमा सम्पन्न ।


पहिचान अस्तित्वको लागि एकता, सहकार्य सद्भाव अपरिहार्यता !!              

यही २०७५ साल फागुन १५-१७ गते थकाली सेवा समिति नेपाल (केन्द्र)को आयोजनामा १२औं केन्द्रीय महाधिवेशन, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सामिप्य र अनुपम प्राकृतिक सुन्दरताको काखमा बेहुली जस्तो सिङ्गारिएको थकाली सेवा समिति नेपाल,क्षेत्रीय समिति बुटवलको भवन परिसरमा भव्य पूर्वक सम्पन्न भयो । सो १२औं महाधिवेशनको उद्घाटन समारोहमा प्रतिनिधि सभाका सदस्य माननीय प्रेमप्रसाद तुलाचनज्यूको प्रमुख आतिथ्यता र केन्द्रीय अध्यक्ष श्री कृष्णकुमारी शेरचनज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । 

            सो उद्घाटन समारोहका वक्ताहरूद्वारा शुभ कामना सन्देशकोक्रममा, यदि हामी  थकाली हौं भन्गने गर्व गर्छौ आफ्नो पितृ भूमि थाक सातसय र आफ्नो संस्कृतिलाई माया गर्छौ भने थकाली जातिको मौलिक पहिचान, अस्तित्व र अस्मिताको श्रीवृद्धिको लागि अझ बढि सचेत रहनुपर्ने आवश्यक्ता रहेको कुरा उल्लेख गरेका थिए । मानिसले आफ्नो लागि के गरेँ ? भन्दा पनि समाज र राष्ट्रको लागि के गरेँ ? भन्ने कुराको ठूलो महत्व राख्दछ । संस्कृति सभ्यताको जननी मात्र नभई संस्कृति भनेको राष्ट्रिय गौरव पनि हो । आदिपुर्खाहरूले स्थापित गरेका (सांस्कृतिक, धार्मिक, सामाजिक आर्थिक र भौतिक ) मूर्त-अमूर्त संस्कृति सम्पदा भेष-भूषा भाषा लोकगीत लोकसंगीत, मूर्तिकला पुरातात्विक गुम्बाहरू पौराणीक पवित्रग्रन्थ ‘ह्रप’ ,पुराना अभिलेखको संरक्षण संवर्द्धनको लागि अझ बढी एकतावद्ध, प्रतिवद्ध र वचनवद्ध रहनुपर्ने कुरामा जोड दिएका थिए ।

प्रमुख अतिथि माननीय तुलाचनज्यूको करकमलबाट थकाली संस्कार संस्कृति र संस्थागत विकासमा विशेष योगदान दिनुहुने ४९ जना व्यक्तित्वहरूको योगदानको उच्च  मुंल्यांकन र  कदरस्वरूप प्रशंसा-पत्रद्वारा सम्मानीत गरिएको थियो ।
१२औं महाधिवेशनमा भएका गतिविधिहरू देहाय बमोजिम छन्।
१. फागुन १५ गते बिहान ८-९ बजे सम्म बाजागाजा सहित बजारमा र्याली प्रदर्शन ।
२. फागुन १५ गते प्रमुख अतिथिद्वारा बिहान ९.०० बजे, १२औं महाधिवेशन विधिपूर्वक समुद्घाटन ।
३. अतिथि, विशेष अतिथि र प्रमुख अतिथिहरूद्वारा शुभकामना मन्तव्य व्यक्त ।
४. महासचिव नरेशकुमार तुलाचनज्पूबाट पूर्ण सेवा कालिन प्रस्तुत  प्रतिवेदन छलफल र अनुमोदन ।
५. फागुन १७ गते कोषाध्यक्ष अशोक गौचनज्यूद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल र अनुमोदन ।
६. फागुन १७ गते विधान संशोधन आयोगद्वारा विधान तथा सामाजिक नियमावली प्रो.सोमप्रसाद गौचनज्यूद्वारा प्रस्तुत र छलफल  पश्चात अनुमोदन ।
१२औं महाधिवेशनमा  अतिरिक्त विविध कार्यक्रमहरू पनि प्रस्तुत भएको थियो ।
क) फागुन १५ गते बेलुकी ७ बजे देखि क्षेत्रीय समिति पोखराका निरवर्तमान अध्यक्ष श्री  विश्वमोहन गौचनज्यूको सक्रियतामा एड्स रोग सम्बन्धि वृत्तचित्र प्रदर्शन ।
ख) फागुन १७ गते बेलुकी ७बजे देखि क्षेत्रीय समिति बुटवलबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति ।
ग) फागुन १७ गते, थकाली अनुसन्धान केन्द्रबाट ‘हामी थकाली र हाम्रो इतिहास’बारे श्री चन्द्र भट्टचनज्यूबाट कार्यपत्र प्रस्तुति र छलफल ।
घ) पुनर्जागरणको मोडमा थकाली जाति, डा. सुरेन्द्र शेरचनज्यूबाट कार्यपत्र प्रस्तुति र छलफल ।
१२औं महाधिवेशनमा केन्द्रका पदाधिकारी सदस्यहरू, थाक सातसय मिरमुखिया, उपमिरमुखिया र तहविल मुखिया, केन्द्रीय सल्लाहकार, पूर्व अध्यक्षज्यूहरू, चार प्ह्याका ४ क्हम्प, चार प्ह्याका चार पाँडे, क्ह्यूका ठलोहरू, देश विदेशमा छरिएर रहेका २१ क्षेत्रीय समितिका अध्यक्षहरू, थकाली ट्होम, ट्हुम्व, लामाहरू सम्पूर्ण क्षेत्रबाट प्रतिनिधित्व गर्नु भएका महासभाका सदस्यगण, थकाली समाजसेवी, बुद्धिजिवी, थकाली युवा तथा महिला, स्वयम् सेवक, पर्यवेक्षक तथा स्थानिय र राष्ट्रिय पत्राकारहरूको पनि सहभागिता रहेको १२औं महाधिवेशन सफल रह्यो ।
अन्तमा केन्द्रको संस्थागत विकास र सम्पूर्ण अभिष्ट लक्ष्यहरू परिपूर्तिका लागि यो १२औं महाधिवेशनले श्री सोमप्रसाद तुलाचनज्यूको नेतृत्वमा ३२ जना नयाँ कार्य समिति चयन गरेको छ ।
जय थासाङ ! जय थकाली !!

74081102-938E-4A90-AF67-1A778879A11C

E5A368DE-5EC5-4294-8B04-7F8CADB988AC

09099A7F-A32C-4BCA-9A08-D9290609A0F3

56ABE2DA-880D-4FF0-BCA0-FC245880A8E0

2B6B881C-2211-4A87-A9D5-E023843B1B03 6AFC44FE-8A2B-4109-9450-98038D133291 83342FA3-2C29-4B46-86C2-7B7A1735AABA E93DE523-74A4-4063-97D6-8318C4B8731C

BD6B973E-3DD0-43F6-8FAE-91CD1E975D7E

CCAFAD48-1459-4BF8-830A-2CD6D1CF49FE

4E810AD5-F2A4-4906-8B83-F9C63858ED6E3BB825A2-90A2-4216-992A-326A8DB4DE14