बधाई तथा शुभ-कामना
२०७३ भाद्र १३ गते- विनायकवस्ती बालाजु काठमाडौमा थकाली सेवा समिति काठमाडौ क्षेत्रको भवन प्राङ्गणमा माननीय श्री रोमी गौचन थकालीज्यूलाई नेपाल सरकारको बाणिज्य मन्त्री जस्तो गरिमामय पदमा पदासीन हुनु भएकोमा उच्च कदर गर्दै थकाली सेवा समिति केन्द्र र थकाली सेवा समिति काठमाडौ क्षेत्रको सयुक्त आयोजनामा काठमाडौवासी थकाली समुदायले मन्त्री माननीय रोमी गौचनलीज्यू र वहाँको श्रीमती यवम केन्द्रका सल्लाहकार श्री लक्ष्मी गौचनज्यूलाई पुष्प गुच्छा र खादा लगाई भव्यरुपमा बधाई तथा शुभ-कामना व्यक्त गरे । उक्त अवशरमा जलपानको पनि व्यवस्था गरिएको थियो ।