फालो कुमार यात्रा सम्पन्न


Kumar Yatra

थकाली सेवा समिति नेपाल र थाक सात सय १३ मुखियाको संयाक्त आयोजनामा थासाङ क्षेत्रको खन्ती गाउँदेखि माथि नरसाङ मन्दिरमा नरिच्यहोव देवी छिन् । उनलाई गाउँलेले रक्षकका रूपमा मान्छन् । तिनै देवीका नाममा ५, ७, ९, ११ र १३ वर्ष उमेरका गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली कुमार केटाको स्योपेन लब फालो ९कुमार यात्रा० पर्व मनाउने चलन छ ।
हरेक वर्ष प्रथम भाद्र शुक्ल पक्ष तृतीय तिथिका दिनबाट कुमार यात्रा सुरु हुन्छ । थकाली सेवा समितिले ‘हाम्रो संस्कृति जोगाऔ, आफ्नो पहिचान बचाऔं’ भन्ने नाराकासाथ यसपालि पनि भदौ १९ देखि २३ गतेसम्म कोबाङमा कुमार यात्रा स्योपेनलव भव्यरुपमा सम्पन्न ग्यो ।

यात्राबाट देवी नरिच्हयोबाट कुमारहरूले आशीषसहित अलौकिक शक्ति प्राप्त गर्ने छन् । समितिका अध्यक्ष सोमप्रसाद तुलाचनका अनुसार यसपाला यात्रामा ७ जना कुमार सहभागी हुँदै छन् । उनीहरूलाई लामा गुरु र तिनका अभिभावकले आशीष दिएका थिए । यात्राका अवसरमा गाउँमा सांस्कृतिक झाँक्रीहरू प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कुमार यात्राको मुख्य आयोजक थकाली सेवा समिति हो ।
सोही अवसरमा थकाली सेवा समिति नेपालको तेस्रो केन्द्रीय विस्तार बैठक आयोजना गरी विभिन्न निर्णयहरुका साथ सम्पन्न गरिएको महासचिव रविन्द्र शेरचनले बताउनु भयो ।