थकाली सास्कृतिक फालो पर्व सम्पन्न


थकाली सास्कृतिक फालो पर्व सम्पन्नसाेपेन गरेका कुमारहरु
२०७३ भाद्र २२ गते मुस्ताङ जिल्लाको कोवाङमा आदिवासी जनजाति थकाली जातिको साँस्कृतिक फालो पर्व मिरमुख्या श्री इन्द्र बहादुर तुलाचनज्यूको सभापतित्वमा र केन्द्रीय अध्यक्ष श्री कृष्ण कुमारी शेरचनज्यूको प्रमुख आतिथ्यतामा ल्ह् महागुरू नरीच्ह्योव भगवान र ल्ह् प्ल्हीको पुजा आराधाना र अंकुमा दीप प्रज्वलन गरि प्रमुख अतिथि द्वारा फालो पर्वको उदघाटन गर्नु भएको थियो । उक्त पर्वको सुअवसरमा तुलाचन बाट २ जना र गौचन, शेरचन, भट्टचन बाट १/१ जना जम्मा ५ जना कुमारहरुले परम्परागत धार्मिक रीतिथिति संस्कारमा शुभ साईत पारी सोपेन गरेका थिए । “थकाली संस्कृति संस्कारको निरन्तरता, हाम्रो पहिचानको लागि आवश्यक्ता “लाई वोध गरि छेवर गरि सकेका १३ वर्ष मुनिका कुमारहरुले सोपेनलवको अवसरमा भगवान नरीच्ह्योवबाट अलौकिक शक्ति र आशिवार्द प्राप्त हुने धार्मिक विश्वासका साथ फालो पर्वले छुट्टै थकाली मौलिकता, विशेषता र महत्व प्रस्फुतित गर्दछ । यस फालो पर्वको अवसरमा गाँउ गाँउबाट साँस्कृतिक नृत्य कार्यक्रमहरु प्रस्तुत हुने गर्दछ । यस पटक कोवाङ, खन्ति, नाउरीकोट, भुर्जुङकोट र लेते गाँउहरुबाट साँस्कृतिक कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त अवसरमा स्हयोमे (हाँस्यव्यङ्ग) कार्यक्रम पनि हुने गर्दछ । स्ह्योमे प्रदर्शनमा पहिलो नाकुङ र दोश्रो कोवाङ गाँउले सफलता हाशिल गरेका थिए । थकाली संस्कृतिलाई जगेर्ना राख्नमा विशेष योगदान पुर्याउने पाँरेहरुलाई नगद पन्ध्रहजारका दरले र खादा लगाई मिरमुख्या श्री इन्द्र बहादुर तुलाचनज्यूबाट सम्मान गर्नु भएको थियो । यसरी सदाको वर्षहरुमाझै यस वर्ष पनि बडो भव्यता पूर्वक पाँच दिने फालो कार्यक्रम सम्पन्न भएको थियो ।