तोरन्ल-२०७४ को शुभ: कामना


हरेक चाडपर्व एवं सांस्कृतिक परम्पराहरु देशका राष्ट्रिय पहिचान हुन् । यस्ता कुराहरुको अन्त्य हुनु भनेको राष्ट्रिय पहिचान गुम्नु हो । राष्ट्रिय पहिचानको जगेर्नाका लागि पनि चाडपर्व एवं सांस्कृतिक परम्पराको प्रवर्द्धन र सम्वर्द्धन गर्नु हाम्रो नैतिक दायित्व हो ।

थकाली जातिको सांस्कृतिक पर्व तोरन्ल-२०७४ फागुन १६~२० गते सम्म हरेक क्षेत्रीय समितिहरुमा विविध सांस्कृतिक कार्यक्रमका साथ भब्य पूर्वक मनाउन गईरहेको अवसरमा समस्त नेपाली दाज्यूभाई, दिदीबहिनी तथा विशेष गरेर थकाली बन्धुहरुमा सुख, शान्ति, समृद्धि र खुशीयालीको रङ्गरस छावस भनि हार्दिक मंगलमय शुभ: कामना व्यक्त गर्दछौ ।

नरेशकुमार तुलाचन
महासचिव
थकाली सेवा समिति नेपाल
केन्द्रीय सचिवालय