छैठौ‌ केन्द्रीय सभा काठमा‌डौमा सम्पन्न


मिति २०७५ साल कार्तिक २९ गते थकाली सेवा समिति नेपाल केन्द्रको छैंठौं केन्द्रीय सभा, थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमांडौंको भवन परिसरमा सौहार्दपूर्ण वातावरणमा सुसम्पन्न भयो ।
केन्द्रीय अध्यक्ष श्री कृष्णकुमारी शेरचनको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य माननीय प्रेमप्रसाद तुलाचनज्यूद्वारा विधिवत अंकुमा दीप प्रज्वलन गरी सभाको उद्घाटन गर्नु भएको थियो । स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष श्री कृष्णप्रसाद शेरचनज्यूले गर्नुभएको उक्त कार्यक्रममा, शुभकामना मन्तव्य काठमांडौंका क्षेत्रीय अध्यक्ष श्री खगेन्द्र भट्टचन, केन्द्रीय सल्लाहकार ओमकार गौचन भैरहवा, केन्द्रीय सल्लाहकार प्रो. श्री सोमप्रसाद गौचन, पूर्व अध्यक्ष श्री चित्रलाल शेरचन, केन्द्रीय निर्वतमान अध्यक्ष श्री खगेन्द्र भट्टचन र प्रमुख अतिथि माननीय प्रेमप्रसाद तुलाचनज्यूले गर्नु भएको थियो । उद्घोषक महासचिव नरेशकुमार तुलाचनले सन्चालन गर्नु भएको उक्त कार्यक्रमको अन्तमा सभाका सभापति एवम् अध्यक्ष श्री कृष्ण कुमारी शेरचनज्यूले उपस्थित सम्पूर्ण महानुभावलाई धन्यवाद ज्ञापन गर्दै पहिलो शत्र  विसर्जन गर्नु भएको थियो ।
दिवा भोजको लगतै पुन: दोस्रो शत्र प्राराम्भ भई महासचिव श्री नरेशकुमार तुलाचनज्यूले महासचिवको प्रगति प्रतिवेदन र श्री अशोक गौचनज्यूले कोषाध्यक्ष आर्थिक प्रतिवेदन प्रस्तुत  गर्नुभएको थियो ।तत्पश्चात  फलवर ओपन गरिएको थियो । पार्षदज्यूहरुको सुझावहरूलाई आत्मसात गर्दै फलवरबाट प्रतिवेदन अनुमोदन भएको थियो । कार्यक्रमको अन्तमा पुन: विधान संशोधन आयोगका सदस्य श्री प्रो.सोमप्रसाद गौचनज्यूबाट र डा. ज्योति शेरचनद्वयबाट संशोधन हुने विधान र सामाजिक नियमावलीहरूको रूपरेखा संक्षिप्तरूपमा प्रकास पार्नु भएको र केहि सुंझावहरू पनि संकलन गर्ने कार्य सम्पन्न भएको थियो । अन्तमा उपाध्यक्ष श्री शान्ति तुलाचनज्यूबाट विभिन्न क्षेत्रबाट सहभागी हुनु भएका केन्द्रीय सभासदज्यूहरु र विभिन्न क्षेत्रहरूबाट सहभागिता जनाउनु भएका केन्द्रीय पदेन सदस्यहरूलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको थियो । सभाका सभापति श्री कृष्णकुमारी शेरचनज्यूद्वारा सभालाई सफल बनाई दिनु भएकोमा सबै सहभागि केन्द्रीय सभासदहरूलाई धन्यबाद ज्ञापन गर्दै सभा  अन्त भएको घोषणा  गर्नुभएको थियो  ।IMG_E5489 IMG_E5482IMG_E5477IMG_E5475IMG_E5484