केन्द्रीय तोरन्ल गोल्डकप -२०७४ सम्पन्न


१०औं केन्द्रीय तोरन्ल गोल्डकप-२०७४ चैत्र २४ गते बुर्तिवाङमा सम्पन्न ।

अादिवासी जनजाति थकालीजातिको तारा (त्हस) खेल परम्परागत साँस्कृतिक पहिचान संग जोडिएको ऐतिहासिक खेल हो । वि.स. २०४७ सालमा स्थापित तोरन्ल गोलकपको मूल उद्देश्य यस खेलको माध्यमद्वारा थसेस नेपाल, क्षेत्रीय समितिहरू बिच परस्परमा सद्भाव, भाईचारा अभिवृद्धि गर्ने, उत्कृष्ट तारा खेलाडीहरू उत्पादन गरी राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा सहभागि गराई समुदाय र राष्ट्रको पहिचान, अस्तित्व, अस्मिता श्रीवृद्धि गर्ने रहेको छ, साथै यो ऐतिहासिक खेललाई निरन्तरता र उत्थान लागि थकाली सेवा समिति नेपाल केन्द्रद्वारा हरेक ३/३ वर्षमा तोरन्ल गोल्डकप आयोजना हुँदै आईरहेको छ । यस तोरन्ल गोल्डकपको आफ्नै छुट्टै गरिमा र महिमा रहेकोले यस खेलमा देश विदेशमा रहेका मान्यता प्राप्त क्षेत्रीय समितिहरूले पनि भाग लिन पाँउछन् । अत: यस पटक थसेस  नेपाल, क्षेत्रीय समिति जापानले सफलता पूवर्क सहभागिता जनाएका थिए ।

IMG_4075 IMG_4073 IMG_4063 IMG_4061 IMG_3982 IMG_3954 IMG_3951 IMG_3946 IMG_3935 IMG_3928 IMG_3919-(1)यस वर्ष मिति २०७४ चैत्र २३/२४ गते थसेस नेपाल, केन्द्रको आयोजनामा थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति बुर्तिवाङको भवन परिसरमा वडो सौहार्दपूर्ण वातावरणमा सभ्य-भव्य पूर्वक केन्द्रीय तोरन्ल गोल्डकप सम्पन्न भएको छ । चैत्र २३ गते प्रमूख अतिथि तथा प्रतिनिधि सभाका सदस्य माननीय प्रेम प्रसाद तुलाचनज्यूको बाहुलीद्वारा विधिपूर्वक अंकुमा दीप प्रज्वलनका साथ अन्तर क्षेत्रीय तारा प्रतियोगिता तीर हानेर उद्घाटन गर्नु भएको थियो । सो खेलमा चैत्र २४ गते तोरन्ल विजेता टिमहरूलाई पनि उहाँकै बाहुलीद्वारा शिल्ड, मेडल र प्रमाण-पत्र पुरस्कार वितरण गर्नु भएको थियो । प्रमुख अतिथि माननीय प्रेम प्रसाद तुलाचनज्यूले उक्त अवसरमा आगामी तोरन्ल गोल्डकपको पुरस्कारको लागि रू १००.०००/- हाल प्रतियोगि मध्य अनुशासित टिम क्षेत्रीय समिति स्याउलीवाङलाई नगद रू. १५०००/- प्रदान गर्नु भएको थियो । यसैगरी ढोरपाटन नगर पालीकाका मेयर श्री देव कुमार नेपालीज्यूद्वारा खेलको संरक्षण र सम्वर्द्वनका लागि रू २००,०००/- आर्थिक सहयोग दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । थसेस नेपाल केन्द्रद्वारा क्षेत्रीय समिति बुर्तिबाङले पुराएको सहयोग योगदानको प्रशंसा गर्दै कार्य समितिको निर्णय बमोजिम रू ५०,०००/-सहयोग स्वरूप दिने निर्णय भयो । साथै क्षेत्रीय समिति दाना तातोपानीद्वारा पनि रू २५,०००/- उक्त क्षेत्रका सचिव श्री आत्मा तुलाचनज्यूबाट बुर्तिबाङ क्षेत्रका अध्यक्ष श्री इन्द्रमान शेरचनज्यूलाई हस्तान्तरण गर्नुभएको थियो । यसैगरी बुटवल क्षेत्रका उपाध्यक्ष श्री लाल बहादुर गौचनज्यूबाट पनि रू २५०००/-अध्यक्ष श्री इन्द्रमान शेरचनज्यूलाई प्रदान गर्नु भएको थियो ।
स्मरण रहोस कि यस केन्द्रीय तोरन्ल गोल्डकप- २०७४ को लागि रु ११०,०००/= (एकलाख दशहजार) पुरस्कार प्रायोजक थकाली वेलफेयर सोसाइटी यु.केका अध्यक्ष मेजर श्री खिमप्रसाद गौचनज्यूले गर्नु भएको थियो ।
सो उद्घाटन कार्यक्रमको सभापतित्व केन्द्रीय अध्यक्ष श्री कृष्णकुमारी शेरचनज्यूले गर्नु भएको थियो भने समापन कार्यक्रमको सभापतित्वमा केन्द्रीय उपाध्यक्ष तथा का.वा.अध्यक्ष श्री कृष्ण प्रसाद शेरचनज्यूले गर्नु भएको थियो । सो तोरन्ल गोल्डकप उद्घाटन तथा समापन कार्यक्रमको उद्घोषक केन्द्रीय महासचिव नरेश कुमार तुलाचनज्यूले गर्नु भएको थियो ।
२०७४- “केन्द्रीय तोरन्ल गोल्डकप” अन्तर क्षेत्रीय प्रतियोगिताको नतिजा देहायबमोजिम रहेका छन् ।

१. थसेस नेपाल, क्षेत्रीय समिति बुर्तिवाङ
जम्मा १३९ स्कोर प्राप्त गरी – पहिलो स्थान हासिल गर्न सफल ।
पुरस्कार राशी रु ५०,०००/- तोरन्ल गोल्डकप शिल्ड, मेडल र प्रमाण-पत्रद्वारा सम्मानित ।

२. थसेस नेपाल, क्षेत्रीय समिति बेनी
जम्मा १३२ स्कोर प्राप्त गरी – दोस्रो स्थान हासिल गर्न सफल ।
पुरस्कार राशी रु ३०,०००/- मेडल र प्रमाण-पत्रद्वारा सम्मानित ।

३. थसेस नेपाल,क्षेत्रीय समिति काठमांडौ
जम्मा १२५ स्कोर प्राप्त गरी- तेस्रो स्थान हासिल गर्न सफल ।
पुरस्कार राशी रु २०,०००/- मेडल र प्रमाण-पत्रद्वारा सम्मानित ।

४. थसेस नेपाल,क्षेत्रीय समिति पोखरा
जम्मा ११५ प्राप्त गरी- सान्त्वना चौठौ स्थान
सान्त्वना नगद पुरस्कार रू -६०००/-

५. थसेस नेपाल,क्षेत्रीय समिति बुटवल
जम्मा ११४ स्कोर लागेर – पाँचौ स्थान बन्न सफल
पुरस्कार नगद रू ४०००/- सान्त्वना ।

६. विशिष्ठ धनुषधर- श्री रवि गौचनज्यूले,सर्वाधिक खोल हान्न सफल ।
प्रमाण पत्र र ट्रफिद्वारा सम्मानित ।

७. सर्वश्रेष्ठ धनुषधर- श्री राजेश शेरचन, सर्वाधिक तारामा सर लाग्न सफल ।
प्रमाण पत्र, ट्रफिद्वारा सम्मानित ।
८. कनिष्ठ धनुषधर- श्री आतामि शेरचन वर्ष (१३) फेटाद्वारा सम्मानित ।

९. जेष्ठ धनुषधर – डा.सोमत सिंङ तुलाचन (८०) प्रशंशा पत्र र फेटाद्वारा सम्मानित ।

१०. अनुशासित टिम –
थसेस नेपाल, क्षेत्रीय समिति स्याउलीवाङ
मेडल, प्रमाण-पत्रद्वारा सम्मानित ।