हाम्रो उद्देश्य

समितिको उद्देश्य …

समितिको उद्देश्य देहाय बमोजिम हुनेछ:-

१. थकाली समुदायको जातिय पहिचान, रीतिथिति, संस्कार, सांस्कृतिक सामुहिक र परम्परागत अधिकार र कलात्मक निधिको संरक्षण र सम्बर्द्धनका निम्ति काम गर्ने ।

२. थकाली भाषा, भेष–भूषा, गीत, नृत्य र थकाली लोक–संस्कृतिको जगेर्ना र संरक्षण गर्ने ।

३. थकालीहरुको संस्कृतिको ऐतिहासिक केन्द्रको रुपमा रहेको (थासाङ) थाक सात सय का पुरातात्विक महत्वका देवी देवताहरु गुम्वा, मन्दिर, मुर्तिकला र सम्बद्ध कागजात, अभिलेखहरुको संरक्षणको निम्ति कार्य गर्न आवश्यक चेतना जागरण गर्ने गराउने र यस प्रयोजनका निम्ति सम्बन्धित निकाय र संस्थाहरुको सहयोगसमेत जुटाउन प्रयास गर्ने ।

४. परम्परागत रितीथिती संस्कार संस्कृतिका कार्यहरु सम्पन्न गर्दा यसका मौलिक रचनामा विग्रह नआउने गरी मितव्ययिताको तरिका अपनाउन जोड दिने ।

५. सामाजिक कुरीति, अन्धविश्वास र विसंगति र आडम्बरका विरुद्ध जनचेतना जागृत गराउने ।

६. थकाली समुदायमा परापूर्व कालदेखि सञ्चालित भइ आएको ‘ढिकुरी’ प्रथाको उपयोग व्यापक हुँदै गइरहेको सन्दर्भमा यसलाई अझ वैज्ञानिक र प्रभावकारी ढंगले सञ्चालन गर्न सक्दो प्रोत्साहन दिने ।

७. थकाली समुदायको सामाजिक, आर्थिक, बौद्धिक तथा सांस्कृतिक पक्षलाई उच्च प्राथमिकता दिई सर्वाङ्गीण विकासको लागि प्रयास गर्ने ।

८. थकालीहरुमा आपसमा झै–झगडा र मुद्दामामिला पर्ने परिस्थिति भएमा वा परेमा मेलमिलाप वा मिलापत्र गराउने र थकालीहरुबीच सुमधुर सम्बन्ध र सद्भाव कायम गर्दै एकतालाई सुदृढ गर्ने ।

९. थकालीहरुको उद्गमस्थल थाकखोला अवस्थित रहेको मुस्ताङ जिल्लाको सर्वाङ्गीण विकासको निम्ति प्रयास गर्ने ।

१०. नेपालको राष्ट्रिय सुदृढ गर्न र मुलुकको चौतर्फी विकासका निम्ति योगदान दिने ।

११. पर्यावरणीय स्वच्छता र सन्तुलनका निम्ति प्रयास गर्ने ।

१२. छिमेकी आदिवासी जनजातिहरुसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्न र सहकार्य गर्न पहल गर्ने ।

१३. ‘मानव सेवा नै धर्म हो’ भन्ने आदर्शबाट अभिप्रेरित भई सेवामूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।

१४. मुलुकभित्र र बाहिरका समान उद्देश्य राख्ने सबै वर्ग, जातजाति र जनजातिका बीच सद्भाव र सुमधुर सम्बन्ध राख्ने ।

१५. थकाली समुदायका उल्लेखनीय योगदान र उपलब्धी गरेका समाजसेवी, विद्वान र विद्यार्थीहरुको कदर गर्ने ।

१६. मुलुक भित्र र बाहिरका समान उद्देश्य राख्ने भातृ संस्थाहरुसँग सम्बन्ध कायम गर्ने ।

१७. थकाली समुदायको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्षहरुमा अध्ययन र अनुसन्धान गर्ने गराउने ।

१८. थकाली समुदायको सामाजीक, आर्थिक बौद्धिक तथा सांस्कृतिक पक्षलाई उच्च प्राथमिकता दिई सर्वाङ्गीण विकासको लागि प्रयास गर्ने ।

१९. बदलिँदो नयाँ परिवेशमा थकालीको आदि थात थलो थाक सात सय थासाङमा ऐतिहासिक कालदेखि कायम रहेको स्वशाशकिय १३ मुखिया मान्यतालाई पुर्नस्थापित गराउन थासाङ स्वायत्त स्वशाशनको लागि प्रतिबद्ध रहने ।

२०. थकालीहरुले निर्माण गरेका जातीय वाहेक विषयगत आधारमा बनेका वा नेपाल सरकारमा दर्ता गरेका वा नगरेका संघ संस्थाहरुलाई मान्यता वा आबद्धता दिने वा दिएको मान्यता वा आबद्धता खारेज गर्ने ।

२१. अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि –१६९ र विश्व आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र कार्यान्वयन गर्न गराउन सदा क्रियाशिल रहने ।

२२. थकाली समुदायसहित नेपाल राष्ट्रको विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विशिष्ट व्यक्ति, समाजसेवी, उद्यमी, उत्कृष्ट कलाकार, खेलाडी, बुद्धिजीवी, होनहार विद्यार्थी तथा युवा प्रतिभाहरुको यथोचित सम्मान गर्ने ।

२३. उपयुक्त विषयहरुमा समय समयमा गोष्ठी गर्ने ।

२४. सम्बन्धित विशेषज्ञ र विद्वानहरुबाट प्रवचन गराउने ।

२५. थकालीहरुले निर्माण गरेका जातियवाहेक विषयगत आधारमा बनेका वा नेपाल सरकारमा दर्ता गरेका वा   नगरेका संघसंस्थाहरुलाई मान्यता वा आबद्धता दिने वा दिएको मान्यता वा आबद्धता खारेज गर्ने ।

२६. विधानमा उल्लेखित उद्देश्यहरु पूरा गर्न आवश्यक अन्य सबै कार्य गर्ने ।

 

  • image
  • image

सम्पर्क ठेगाना

थकाली सेवा समिति नेपाल, केन्द्र
केन्द्रीय कार्यालय
विनायकबस्ति, बालाजु
काठमाडौं, नेपाल
01-4381362
thakalicc@yahoo.com
thakalisamaj.org